भाडावालाहरुले काठमाडौंका घरधनीलाई भन्न थाले–‘म आउँदिन, मेरो सामान जेसुकै गर्नु’

२०७७ भाद्र १७ बुधबार, काठमाडौं । कोरोनाको कारणले काठमाडौं सुनसान जस्तै छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सरकारले चैत ११ गते देखि करिब ४ महिसनासम्म लकडाउन नै गर्यो । सरकारले लकडाउन हटाए पनि सटडाउन र अहिले निषेधाज्ञा जारी छ ।

केही सर्वसाधारणले लकडाउनको हल्ला सुरु हुन साथै काठमाडौं छाडेका थिए । भने अन्य सर्वसाधारणहरुलाई जिल्लाका जनप्रतिनिधीहरुले बसको व्यवस्था गरेर गाउँ जाने व्यवस्था मिलाएका थिए । विभिन्न जिल्लाबाट काठमाडौं आएर बसेका मजदूरहरु ३ देखि ४ दिनसम्म हिँडेर आफ्नो घर गएका थिए ।

काठमाडौंबाट घर गएकाहरुले लकडाउन १\२ महिना मात्रै हुन्छ होला भन्ने सोचेका थिए । तर ६ महिना पूरा हुँदा पनि कोरोनको संक्रमण बढ्दै गएको र बन्द निरन्तर भएको कारण अब काठमाडौंमा लिएको कोठाको भाडा तिर्न नसकिने भनेर घरधनीहरुलाई फोन गर्न थालेका छन् ।

लकडाउन भएको ३ महिनासम्म घरधनी पनि लकडाउन २\३ महिनामा खुल्ला र अनि काठमाडौं आएर विस्तारै घरभाडा तिर्छन् भनेर बसेका थिए । तर लकडाउन नखुलेको कारण केही घरधनीले गाउँमा गएका डेरावालाहरुलाई फोन गरेर घरभाड माग्न थालेका थिए । काठमाडौंका केही घरधनीले लकडाउन अवधिको र केही घरधनीहरुले २र३ महिनाको घरभाडा छुट दिएका थिए ।

सिन्धुलीबाट २ वर्ष अघि काठमाडौं आएर ज्यामी काम गरेर घरपरिवार चलाइरहेका मदन लामालाई लकडाउनले काठमाडौं छाड्न बाध्य पारेको छ । ‘काठमाडौंबाट घरधनीले फोन गर्नुभयो, भाडा पठाऊ भनेर । अनि मैले भने साहुजी, अब काठमाडौं आएर बस्न सक्ने मेरो अवस्था भएन, अब म आउँदनि र मसँग कोठा भाडा तिर्ने पैसा पनि छैन भनेर घरधनीलाई भनें । घरधनीले पनि कोरोनाको कारणले सबैलाई समस्या छ, यस्तै हो भनेर फोन राखिदिए ।’

त्यस्तै समस्यामा छन् मकवानपुरका राम थापा पनि । उनी काठमाडौंमा ३ वर्षदेखि ड्राइभर पेसा गरेर आफ्नो परिवार पाल्दै आएका थिए । उनी लकडाउनको बीचमा घर गए । घर गएको २ महिना पनि उनको पनि घरधनीले फोन गरे । पहिलो फोनमा त के छ खबर भनेर सामान्य कुरा गरेर र फोन राखे । ३ पहिना पनि पुनः फोन गरेर घरभाडा मागे ।

रामले साहुलाई अहिले कमाइ नभएको र घरभाडा तिर्न नसकिने जानकारी दिए । साहुले त्यसरी हुँदैन भने पनि अब काठमाडौं नै आउन नसक्ने भएकोले मेरो सामान जे गरे पनि गर्नुन । अब म मेरो सामानको पनि माया गर्दिन भनेपछि साहुले फोन काटेको बताउँछन् ।

उनी भन्छन्, ‘कमाएको पैसा पनि घरपरिवार चलाउँदै सकियो । आफूले लिएको कोठाको भाडा त तिर्नु पर्ने हो । तर आफैँ बाँच्न गाह्रो भएको छ । यस्तो अवस्थामा कसरी म काठमाडौंको घरबेटीलाई घरभाडा पठाउँ ? कमाइ भएको बेलामा प्रत्येक महिनाको १ गते भाडा दिने गरेको रामले बताए ।

कोरोनाका कारणले घरधनी र भाडावाला दुबैलाई उस्तै समस्या परेको छ । डोरावालाको रोजीरोटी गुमेर घर गएका छन् भने डेरावालाले पैसा तिर्न नसक्दा घरधनी पनि समस्यामा छन् ।

घरधनीको पनि पीडा उस्तै

काठमाडौंका धेरै घरधनीहरुको आयस्रोत भनेको घरभाडा नै हो । कोरोनाको कारणले बहिरी जिल्लाका मानिसहरु धेरै घर गए । कोरोनाको संक्रमण वृद्धि हुँदै जाँदा काठमाडौं फर्केर आउने अवस्था पनि भएन । आफ्नो जीवन भएको कामाइ र पैतृक सम्पत्ति समेत प्रयोग गरेर भाडामा लगाउने गरी घर बनाएका घरधनीहरु समस्यामा पर्दै गएका छन् ।

व्यापार, उद्योग र कलकारखाना सञ्चालन भए बाहिरी जिल्लाका मान्छे आएर काठमाडौंमा कोठा लिएर बस्ने हुन । अहिले त्यस्तो अवस्था छैन । काठमाडौंमा मान्छेको चाप कम भएको कारणले जताततै कोठा खाली भनेर घरको झ्याल, ढोका र गेटमा समेत विज्ञापन गरेको देखिन्छ ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार