अन्तराष्ट्रिय सुपरस्टार नेयमारलाई कोरोना संक्रमण

२०७७ भाद्र १८ बिहीबार, एजेन्सी । ब्राजिली स्टार नेयमार सहित पेरिस सेन्ट जर्मेनका तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

पिएसजी का फरवार्ड नेयमार सहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरसको संक्रमण देखिएको बताईएको छ । पीएसजीले समेत आफ्ना तीन खेलाडीलाई कोरोनाको संक्रमण देखिएको पुष्टि गरेको छ ।

‘परिक्षण पश्चात तीन जना पीएसजीका खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ । र तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार अघि बढिसकेका छन् ।’ क्लबले भनेको छ ।

युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन । पीएसजीले सेप्टेम्बर १० मा लिग वानको आफ्नो पहिलो खेल खेल्नेछ ।

कोरोनाकै महामारीका कारण नयाँ सिजन समेत प्रभावित बनेको छ । लिगको पहिलो खेलमै कोरोनाका कारण स्थगित गर्नुपरेको थियो ।
कोरोनाले लिग प्रभावित बनेपछि पीएसजीलाई गत सिजनको लिग उपाधि हस्तान्तरण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार