२०७७ भाद्र १८ बिहीबार, एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको ब्याटिङ वरीयतामा नेपालका पारस खड्काको वरीयता सुधार भएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयता ४ स्थान सुधार भएको हो ।
नयाँ ब्याटिङ वरीयतामा पारस ७१ औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ७५ औं स्थानमा रहेका थिए ।नेपालका ग्लोबल आइकन सन्दीप बलिङ वरीयता भने यथावत रहेको छ । नयाँ वरीयतामा सन्दीप ७९ औं स्थानमा रहेका छन् ।
टी- ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा यथावत रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो । नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ ।
यस्तै,एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो