भारतमा एकैदिन थपिए ८३ हजार काेराेना संक्रमित, १०४३ को मृत्यु

२०७७ भाद्र १८ बिहीबार, एजेन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०४३ जनाको मृत्यु भएको

भारतमा कुल मृत्यु हुनेको संख्या ६७ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६७ हजार ३७६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८३ हजार ८८३ जना संक्रमित पुष्टि भएको छ ।  योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३८ लाख नाघेको छ । भारतमा कुल संक्रमित ३८ लाख ५३ हजार ४०७ पुगेको छ ।

भारतमा अहिलेसम्म २९ लाख ७० हजार ४९३ जना ठिक भएका छन् । त्यस्तै ८ लाख १५ हजार ५३८ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ४ करोड ५५ लाख ९ हजार ३८० नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ११ लाख ७२ हजार १७९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार