२०७७ असार ३ ,काठमाडौं । गायक प्रमोद खरेललाई पुत्रीलाभ भएको छ । गायक खरेलकी पत्नी दीपा खरेलले जेठ २९ गते बिहिबार बिहान ८ बजेर ५० बजे ललितपुरको अलका अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
भरखरै फेसबुकमा गायक प्रमोद खरेल लेखेका छन् –
जीन्दगीले अर्को खुशीको आकाश छोएको छ,
घरमा लक्ष्मी को आगमन भएको छ !
तर,
भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा ) को कठिन संघर्ष पछि बल्ल उनी हाम्रो काखमा आइपुगिन । तनावग्रस्त अवस्थाले रुनु न हास्नु भयौं, सबैसँग खुशी बॉडने असीमित चाहना हुदाहुदै पनि सकिएको थिएन, न त दुखै साटन सकियो । खुशी पक्कै आउला भनेर हरेस खाइएन, डा. नुतन शर्मा, डा. शिव चालिसे , डा .गणेश शाह लगायत अल्का हस्पिटल टिम, शुभेच्छुक,भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौं !’
करिव साढे आठ वर्षअघि प्रमोद र दीपाले पहिलो छोरा दिप्रवलाई जन्म दिएका थिए ।
दोस्रो सन्तानको छोरी जन्माउन पाउँदा अत्यन्त खुशी लागेको गायक खरेलले प्रतिक्रिया दिएका छन् । आमा र नवजात शिशु स्वस्थ्य रहेको गायक खरेलले स्पष्ट पारेका छन् ।
गायक खरेल सांगीतिक क्षेत्रमा अत्यन्त लोकप्रिय नाम हो । आधुनिक, पपदेखि चलचित्रको पाश्र्व गायनमा समेत गायक खरेलले आफूलाई स्थापित गरिसकेका छन् ।
गायक खरेलका दर्जनौं गीतहरु अत्यन्त लोकप्रिय छन् ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’