चिनको अस्पष्ट जवाफ


२०७७ असार ३,एजेन्सी । चिन र भारतको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको द्वीपक्षीय भिडन्तमा चीनतर्फ भएको क्षति अहिलेसम्म स्पष्ट भएको छैन । आफ्नो सेनातर्फ पनि हताहति भएको भने चीनले स्वीकारेको छ ।

दुई लद्दाखस्थित गलवान उपत्यकाको विकट भूभागमा आमनेसामने भएका थिए । भारतीय सेनाले घटनामा फायरिङ नभएको जनाएको छ । दुई सेनाबीच धकेलाधकेल, ढुंगा हानाहान र रड प्रहार भएको थियो । यस क्रममा केही भारतीय सैनिक भिरबाट खसेको बताइएको छ । भारतीय सेनाले आफ्नो तर्फ अहिलेसम्म २० जना सैनिकको निधन भएको र अझै केही बेपत्ता रहेको बताएको छ ।

तर यता, चीनले भने यो घटनाको विवरण सार्वजनिक गरेको छैन । चीनको सरकारी मुखपत्रले हिजो चीन–भारत तनावलाई लिएर सम्पादकीय लेखेको थियो । उक्त सम्पादकीयमा झडपमा चीनिया सेनाले पनि क्षति व्यहोरेको उल्लेख छ ।

सम्पादकीयमा भनिएको छ, ‘चिनीयाँ पक्षले आफ्नो सेनातर्फ भएको हताहतिको एकिन संख्या सार्वजनिक गरेको छैन । दुवैतर्प अनावश्यक उत्तेजना नफैलियोस र क्षतिको तुलना नहोस भनेर यो निर्णय लिइएको हो ।’ अहिले उत्पन्न तनावमा पनि पूर्णतया भारतीय सेना जिम्मेवार भएको ग्लोबल टाइम्सको दावी छ ।

ग्लोबल टाइम्सले लेखेको छ, “भारतमा केही मानिसहरु भुलवश सोच्छन् कि उनीहरुको देशको सैन्यशक्ति चीनको भन्दा बलियो छ ।”

‘यो हाम्रो सदासयता र संयम हो । तर, चीन सीमा क्षेत्रको परिस्थितिलाई लिएर निर्धक्क छ । यसले द्वन्द्व सिर्जना गर्दैन तर द्वन्द्वबाट डराउँदैन पनि । नैतिकता र शक्ति दुवैले हाम्रो यो नीतिलाई अड्याइरहेका छन्,’ ग्लोबल टाइम्सले भनेको छ ।

यसैबीच भारतीय कांग्रेस आइका नेता नेता राहुल गान्धीले लद्दाख भिडन्तका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीको मौनतालाई लिएर प्रश्न उठाएका छन् ।

 

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार