जेम्स बण्ड सिरिजको ‘नो टाइम टू डाइ’ को एक्शन प्याक ट्रेलर सार्बजनिक

२०७७ भाद्र १९ शुक्रबार, एजेन्सी । हलिवुडको सबैभन्दा उत्कृष्ट फ़्रेन्चाइजी जेम्स बण्ड सिरिजको २५औ फिल्म ‘नो टाइम टू डाइ’ को नयाँ एक्शन प्याक ट्रेलर सार्बजनिक भएको छ ।

लामो समयदेखि चर्चामा रहेको यो फिल्ममा अभिनेता डेनियल क्रेग जेम्स बण्डको भूमिकामा रहेका छन् । ट्रेलरलाई दर्शकले अत्यधिक मनपराएका छन् । ट्रेलरमा अभिनेता क्रेगको एक्शन देखाइएको छ । फिल्ममा भिलेनको भूमिकामा रहेका रामी मलेक रहेका छन् ।

फिल्म नोभेम्बर १२ मा बेलायतमा र २० नोभेम्बरमा अमेरिकामा रिलिज गरिने भएको छ ।

‘नो टाइम टू डाइ’ को नयाँ ट्रेलर :

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार