२०७७ असार ३ बुधबार, एजेन्सी । अभिनेता सलमान खान, निर्माता तथा निर्देशक करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना विरूद्ध फौजदारी मुद्दा परेको छ। उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बुधबार एक वकिलले बिहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।
वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मुद्दा दायर गरेका टाइम्स अफ इन्डियाले जनाएको छ । अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ।
आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको नाम पनि ओझाले दायर गरेको मुद्दामा छ। टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक