२०७७ भाद्र १९ शुक्रबार,एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाज र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचको खेल नतिजा विहीन सकिएको छ ।
ब्रायन लारा क्रिकेट स्टेडियममा वर्षाले खेल प्रभावित गरेपछि जमैका प्याट्रियट्सबीचको खेल नतिजा विहीन सकिएको हो ।
टस हारेर प्याट्रियट्सले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो । खेल रोकिनु अघि प्याट्रियट्सले ५ ओभर ४ बलमा विना विकेटको क्षतिमा ४६ रन बनाएको थियो ।
खेल नतिजा विहीन सकिएसँगै दुबै टिमले एक एक अंक पाएका छन् । जमैका ८ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । प्याट्रियट्स ९ खेलमा ३ अंकका साथ तालिकाको पुछारमा छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो