२०७७ भाद्र १९ शुक्रबार, काठमाडौं । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०९६ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ६८ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६८ हजार ४७२ पुगेको छ ।पछिल्लो २४ घण्टामा ८३ हजार ३४१ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३९ लाख नाघेको छ । भारतमा कुल संक्रमित ३९ लाख ३६ हजार ७४८ पुगेको छ ।
भारतमा अहिलेसम्म ३० लाख ३७ हजार १५२ जना ठिक भएका छन् । त्यस्तै ८ लाख ३१ हजार १२४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ४ करोड ६६ लाख ७९ हजार १४५ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ११ लाख ६९ हजार ७६५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो