सन्दीपको टोली जमैका सिपिएलको सेमिफाइनलमा

२०७७ भाद्र १९ शुक्रबार, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग क्रिकेटकोे सेमिफाइनलमा पुगेको छ ।

आज बिहान भएको खेलमा बारबाडोस ट्रिडेन्टस गुयना अमेजन वारियर्ससँग पराजित भएपछि जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी हुँदै सेमिफाइलनमा पुग्ने निश्चित भएको हो ।

आठ खेलबाट सात अंक भएको जमैका तालिकाको चौथौ स्थानमा छ । पाँचौँ स्थानमा रहेको बारबाडोसको नौ खेलबाट चार अंक रहेको छ ।

यसअघि हिजो साँझ भएको खेल वर्षाले प्रभावित भएपछि जमैका र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले एक–एक अंक बाँडेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार