विश्वमा कोरोनाबाट संक्रमण हुनेको संख्या दुई करोड ६५ लाख नाघ्यो

२०७७ भाद्र १९ शुक्रबार, काठमाडौं । विश्वभर कोरोनाबाट २ करोड ६५ लाख २ हजार ५०३ जना संक्रमित भएका भएका छन् भने ८ लाख ७३ हजार ८०५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै १ करोड ८६ लाख ८४ हजार २३१ जना निको भएर घर फकिएका छन् ।

कोरोनाबाट अमेरिकामा ६३ लाख ३५ हजार २४४ जना भएका सङ्क्रमित छन् । ३५ लाख ७५ हजार ९६ जना निको भएका छन् १ लाख ९१ हजार ५८ जनाको मृत्यु भइसकेको छ ।

ब्राजिलमा ४० लाख ४६ हजार १५० जना कोरोना सङ्क्रमति रहेका छन् । त्यहाँ ३२ लाख ४७ हजार ६१० जना निको भएका छन् भने १ लाख २४ हजार ७२९ जनाको मृत्यु भएको छ ।

भारतमा ३९ लाख ३६ हजार ७४७ जना सङ्क्रमति रहेका छन् भने ३० लाख ३७ हजार १५१ निको भएका छन् । त्यसैगरी, ६८ हजार ५६९ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार