लियोनल मेस्सीले बार्सिलोना नछाड्ने

२०७७ भाद्र २० शनिबार, एजेन्सी । बार्सिलोना स्टार लियोनल मेस्सीले क्लब नछाड्ने निर्णय लिएको बताएका छन् । यो सँगै बार्सिलोनामा उनी एक सिजन बस्ने लगभग पक्का भएको छ ।

गोल डटकमसँगको अन्तर्वार्तामा मेस्सीले अन्ततः आफू बार्सिलोनामै बस्ने निर्णयमा पुगेको बताएका छन् ।

क्लबले पछिल्लो समय ब्यहोरेको असफलता पछि आफु क्लब छाड्ने मनस्थितिमा पुगेपनि क्लबसँगको आफ्नो परीवारको गहिरो नाता रहेको पनि बताएका छन् ।

क्लबका अध्यक्षले आफ्नो बाचा पूरा नगरेको आरोप पनि लगाएका छन् उनले । ‘म यही क्लबलाई निरन्तरता दिन गइरहेको छु । किनभने क्लबका अध्यक्षले क्लब छाड्ने एक मात्र बाटो ७० करोड युरो तिर्नु हो भने । जुन सम्भव छैन,’ मेस्सीले भनेका छन् ।

उनले बार्सिलोनाप्रतिको आफ्नो प्रेम कहिल्यै परिवर्तन नहुने पनि स्पष्ट पारेका छन् । ‘जब मैले पत्नी र बच्चाहरुसँग बार्सिलोना छाड्ने इच्छा व्यक्त गरेँ, तब पूरै परिवार रुन थाल्यो । मेरा बच्चाहरु बार्सिलोना छाड्न चाहँदैनथे । उनीहरुलाई स्कुल बदल्न पनि मन थिए ।’ उनले भनेका छन् ।

मेस्सीले च्याम्पियन्स लिगमा सालैपिच्छे बेहोर्दै आएको हारका कारण आफू बार्सिलोना छाड्ने निर्णयमा पुगेको पनि बताए । यो कुरा लामो समयदेखि क्लबका अध्यक्षलाई भन्दै आएपनि उनले टार्ने गरेको मेसीले खुलाएका छन् ।

‘सत्य के हो भने अरु सबैथोकभन्दा म यो क्लबलाई अगाडि राख्छु, त्यसैले मैले बस्ने निर्णय गरेँ,’ मेस्सीले भनेका छन् । च्याम्पियन्स लिगमा जर्मन क्लब बार्यन म्युनिखसँग लज्जास्पद हार ब्यहोरेपछि बार्सिलोना टीममा उथलपुथल भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार