भारतमा कोरोनाबाट एकै दिन १०८९ जनाको मृत्यु

२०७७ भाद्र २० शनिबार, एजेन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०८९ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६९ हजार ५६१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । भारतमा कुल संक्रमित ४० लाख २३ हजार १७९ पुगेको छ ।

भारतमा अहिलेसम्म ३१ लाख ७ हजार २२३ जना ठिक भएका छन् । त्यस्तै ८ लाख ४६ हजार ३९५ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ४ करोड ७७ लाख ३८ हजार ४९१ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख ५९ हजार ३४६ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार