लकडाउनयता १७ महिला तथा बालबालिका हराए

२०७७ भाद्र २० शनिबार, काठमाडौं । लकडाउन (बन्दाबन्दी)का समयमा नेपालगञ्ज आसपास क्षेत्रमा १७ जना महिला तथा बालबालिका हराएका छन् । मावन बेचबिखनको नियन्त्रण तथा रोकथाम कार्यमा सक्रिय माइती नेपाल नेपालगञ्जका अनुसार बन्दाबन्दीका समयमा मात्रै १७ जना महिला तथा बालबालिका हराएका हुन् ।

माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार बन्दाबन्दीका अवधिमा कार्यालयमा १७ जना हराएको निवेदन परेको छ । निबेदन परेपछिको खोजतलासका क्रममा हराएकामध्ये ५ जनालाई फेला पारिएको संयोजक कोइरालाले जानकारी दिनुभयो ।

‘बाँकी १२ जना अझै हराइरहेका छन् । बिभिन्न देश तथा नेपालका बिभिन्न स्थानमा श्रमिकका रुपमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीहरु फर्किएर आफ्नो थाक–थलोमा आउनु, रोजगारी गुमाउनु र श्रमसमेत गर्न नपाउनुले आन्तरिक मानव बेचबिखनको जोखिमलाई झनै बढावा मिलिरहेको छ’, संयोजक कोइरालाले भन्नुभयो ।

मानव बेचबिखनविरुद्धको १४ औ राष्ट्रिय दिवसको अवसरमा जारी गरिएको तथ्यांकअनुसार यो एक वर्षको अवधिमा मानव बेचबिखनको जोखिममा रहि जोखिमपर्ण यात्रामा रहेका ५ सय ७७ महिलातथा बालबालिकालाई नेपाल–भारत सीमाना जमुनाहा नाकाबाट नेपाल प्रहरीसँगको समन्वयमा उद्धार गरिएको छ ।

त्यस्तै, यही अवधिमा ५ सय ८५ जनाको खोज तलास तथा उद्धारको लागि निबेदन परेकोमा २ सय ८० जना फेला परेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार