२०७७ भाद्र २१ आइतबार, एजेन्सी । चीनले बनिरहेको कोरोनाविरुद्धको भ्याक्सिनको पाकिस्तानमा देशमा क्लिनिकल ट्रायल हुने भएको छ ।
चाइना नेशनल बायोटिक ग्रुप (सिएनबिजी) र सिनोभ्याक बायोटेक लिमिटेडले बनाइरहेको भ्याक्सिनको ट्रायल अब पाकिस्तान र सर्बियामा समेत हुने अनुमति पाएको छ ।
कोरोनाको भ्याक्सिन बनाउने दौडमा चीन समेत अगाडी रहेको देखिएको छ । यस अघि अनुमति बिना नै चीनले बनाएको कोरोनाको भ्याक्सिन अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मिलाई लगाएको रिपोर्ट बाहिर आएको थियो ।
भ्याक्सिनको ट्रायलको क्रममा सर्बिया र पाकिस्तानले अनुमति दिएसँगै चीनको भ्याक्सिन विश्वका बिभिन्न देशमा हुनेक्रम जारी रहेको छ ।
यसअघि युएई, बहरिन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा यो भ्याक्सिनको ट्रायल भइसकेको छ । सिएनबिजीले तेस्रो चरणको ट्रायलमा ५० हजार भन्दा बढी सहभागी हुने बताएको छ ।
चीनमा अहिले कोरोनाको संक्रमण लगभग शुन्य जस्तै भएकाले चीनले आफुले बनाइरहेका भ्याक्सिनको ट्रायल अन्य मुलुकमा गरिरहेको छ ।
यो भ्याक्सिन सिएनबिजीको वुहान र बेजिंग युनिटमा बनाइएको हो । पाकिस्तानमा बेजिंग युनिटमा बनाइएको भ्याक्सिन ट्रायल हुने बताइएको छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो