‘जेलमा राख्छु, तर, त्यहाँ खाना खान दिन्न भन्न मिल्दैन’

२०७७ भाद्र २१ आइतबार, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले लामो लकडाउन गरे सरकारले सर्वसाधारण जनतालाई बिचल्लीमा पारेको आरोप लगानुभएको छ । जनतालाई यसरी बिचल्लीमा पार्नु अपराध भएको उहाँको भनाइ छ ।

आज ट्विट गर्दै संयोजक मिश्रले लकडाउन बिपन्न जनताका लागि जेलसरह भएको बताउनुभएको छ ।

‘म तिमीलाई जेलमा राख्छु, तर, जेलमा खाना खान दिन्न भन्न मिल्दैन । बिपन्न श्रमिकहरूका लागि लकडाउन भनेको जेल समान हो ।’

बिपन्न जनतालाई सरकारले सित्तैमा खाना खुवाउनुपर्ने होइन भने हामी खाना खुवाउन नसक्ने अवस्थामा पुगौं भनेर सार्वजनिक अपिल गर्नुपर्ने संयोजक मिश्रको माग छ ।

‘कि सरकारले हामी खाना खुवाउन नसक्ने अवस्थामा पुग्यौं, जनताको सहयोग चाहियो भनेर सार्वजनिक अपिल गर्नुपर्यो’, उहाँले भन्नुभयो, ‘होइन भने नागरिकलाई यस्तो बिचल्लीमा पार्नु र मार्नु अपराध हो ।’

Capture.PNG

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार