अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण पुष्टि

२०७७ भाद्र २१ आइतबार, एजेन्सी । बलिउड अभिनेता अर्जुन कपूरलाई काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आइतबार आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

आइतबार बिहान नै रिपाेर्ट पाेजेटिभ आएकाे उनले उल्लेख गरेका छन् । आफूलाई काेराेनाकाे लक्षण पनि नदेखिएकाे उनले बताएका छन् । उनी अहिले होम आइसोलेसनमा छन् । अर्जुन पछिल्लाे समय आफ्नो आगामी चलचित्रको सुटिङ व्यस्त थिए ।

View this post on Instagram

🙏🏽

A post shared by Arjun Kapoor (@arjunkapoor) on

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार