२०७७ भाद्र २१ आइतबार, एजेन्सी । विश्वकै सबैभन्दा महङ्गो क्लब क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटको खेल तालिका आज सार्वजनिक भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले १३ औं संस्करणको आएपिएलको खेल तालिका सार्वजनिक गरेको हो । कोरोना भाइरस महामारीका कारण लामो समय स्थगित भएपछि युएईमा आयोजना हुने तय भएको आइपिएलको पहिलो खेलमा मुम्बई इन्डियन्स र साविक विजेता चेन्नई सुपरकिङ्स भिड्ने भएका छन् ।
यस सिजनका आइपिएलका खेलहरु युएईका तीन भेन्यु दुबई, शारजाह र आबुधावीमा हुनेछन् । आइपिएलमा जम्मा ४६ खेल खेलिने छन् ।
तर, बिसिसिआईले प्ले–अफ खेलका लागि भेन्युको निर्णय भने गरेको छैन । प्रतियोगिताको पहिलो खेल आबुधावीमा नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । यस सिजनको आइपिएलमा अक्टोबर १६ सम्म एक–एक खेल हुनेछन् भने १७ अक्टोबरबाट मात्र दुई खेल हुनेछन् ।
त्यस्तै, दोस्रो दिन हुने खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित दिल्ली कयापिटल्सले किङ्स इलाभेन पन्जाबको सामना गर्नेछ । तेस्रो दिनको खेलमा सनराइजर्स हैदरावादविरुद्ध रोयल च्यालेन्जर बेङगलोर मैदान उत्रिने छ । आइपिएल१९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म युएईमा चल्ने छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो