२०७७ असार ३ काठमाडौं । १५५ जना नेपाली बंगलादेशबाट काठमाडौं आइपुगेका छन्। हिमालय एयरलाइन्सबाट बुधबार (आज) काठमाडौं आइपुगेका नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो।
फर्कनेमा ११९ पुरुष ,३६ महिला र २ जना दुई वर्षमुनिका बालबािलका रहेका छन् । हिमालय एअरलाइन्स ढाकातर्फ बिहान ८ बजेर १५ मिनेटमा ७ जना नेपाली र ९ जना विदेशी नागरिक लिएर उडेको थियो ।
यस अघि शुक्रबार ढाकाबाट २५८ जना नेपाली स्वदेश फर्किएका छन् । यस्तै आजै कुवेतबाट १५० जना महिला पनि स्वदेश फर्केका छन् । उनीहरुलाई जजिरा एअरले कुवेतबाट नेपाल ल्याइदिएको हो ।
कुवेत सरकारले त्यहाँ आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा काठमाडौंसम्म ल्याइदिएको हो । आजै सिङ्गापुर र थाइल्याडको बैंककबाट पनि नेपालीहरु स्वदेश फर्किँदै छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक