नेशन्स लिगमा आज आठ खेल हुँदै, इटाली र नेदरल्याण्ड्स भिड्ने

२०७७ भाद्र २२ साेमबार, एजेन्सी । युइएफए नेशन्स लिग फुटबलअन्तर्गत आज विभिन्न आठ खेलहरु हुँदैछ । नेशन्स लिगमा आज इटाली, पोल्याण्ड, नेदरल्यान्ड्स, नर्वे, अस्ट्रियालगायतका देशले प्रतिस्पर्धा गर्दैछन् ।

इटालीले नेदरल्यान्ड्ससँग उसैको मैदानमा खेल्नेछ । इटाली र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । पोल्याण्डले आज आफ्नो दोस्रो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग खेल्नेछ ।

त्यस्तै, नर्वेले नर्दन आयरल्याण्डसँग खेल्दा चेक रिपब्लिकले स्कटल्याण्डको सामना गर्दैछ ।

कजाकिस्तानले बेलारुससँग खेल्दा इजरायलले स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । अन्य खेलमा अष्ट्रिया र रोमानिया तथा अल्बानिया र लिथुनियाबीच प्रतिस्पर्धा हुनेछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार