नेसन्स लिग फुटबलः इटालीद्धारा नेदरल्याण्ड्स पराजित

२०७७ भाद्र २३ मङ्गलबार, एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा इटालीले पहिलो जित हात पारेको छ ।

नेदरल्याण्ड्सको घरेलु मैदानमा गएराति सम्पन्न खेलमा इटालीका लागि पहिलो हाफको इन्ज्युरी समयमा निकोलो बरेल्लाले गरेको गोल नै निर्णायक भयो । बरेल्लाले खेलको ४६औँ मिनेटमा हेडमार्फत गोल गरेका हुन् ।

जीतसँगै लिग ‘ए’ समूह १ मा इटाली २ खेलमा एक जित र एक बराबरीसहित ४ अंकका साथ पहिलो स्थानमा उक्किएको छ । समान खेल खेलेको नेदरल्याण्ड्स एक जित र एक हारसहित ३ अंकका साथ दोस्रो स्थानमा छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार