२०७७ भाद्र २३ मङ्गलबार, एजेन्सी । फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेलाई कोरोना संक्रमण भएको छ । हाल नेसन्स लिगका लागि फ्रान्सको राष्ट्रिय टिमसँग रहेका एम्बाप्पेलाई कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्काइएका छन् ।
फ्रेन्च फुटबल फेडेरेसनले एम्बाप्पेलाई सोमबार गरिएको परीक्षणमा पोजेटिभ देखिएको र उन्ला फ्रान्स फिर्ता पठाएर सेल्फ आइसोलेसनमा राखिने बताएको छ । एम्बाप्पेलाई कुनै लक्षण नदेखिएको बताइएको छ ।
एम्बाप्पेले अब क्रोसियाविरूद्धको आजराती हुने नेसन्स लिगको खेल गुमाएका छन् । उनले यस अघि शनिबार भएको स्विडेनविरुद्धको खेलमा निर्णायक गोल गरेर फ्रान्सलाई जिताएका थिए ।
एम्बाप्पे कोरोनाको चपेटामा आउने पिएसजीका सातौ खेलाडी हुन् । यस अघि नेइमार, एन्जल डी मारिया, माउरो इकार्डी, केलोर नाभास, मार्क्वीनोस, लीन्द्रो परेडेजलाई कोरोना पोजेटिभ देखिए पछि अहिले होम आइसोलेसनमा रहेका छन् ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो