काठमाडौं महानगरमा सक्रिय संक्रमित २३ सय नाघे, २७ जनाको मृत्यु

२०७७ भाद्र २३ मङ्गलबार, काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकामा सक्रिय संक्रमितको संख्या बढिरहेको छ । उपत्यकाका तीनवटै जिल्लामा कोरोना संक्रमणको दर उच्च देखिएपछि काठमाडौं महनगरमा सक्रिय संक्रमितको संख्या बढेको हो ।

महानगरको २० भदौसम्मको तथ्यांक अनुसार महानगरका ३२ वटा वडामा कोरोनाका सक्रिय संक्रमितको कुल संख्या २,३६२ पुगेको छ । जसमध्ये १२२२ सक्रिय संक्रमितहरू होम आइसोलेसनमा रहेका छन् भने ११४० जना अस्पताल तथा संस्थागत आइसोलेसनमा छन् ।

महानगरमा हालसम्म २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिले देशभरीका जिल्लामध्ये सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा छन्।त्यसमध्ये पनि अधिकांश काठमाडौं महानगरपालिकामा छन् । महानगरमा मात्रै कुल संक्रमितको संख्या ३,७६३ पुगेको छ । अहिलेसम्म ९६० जनामात्रै निको भएका छन् ।

अहिलेसम्म १४ वटा वडामा संक्रमितको संख्या १०० नाघेको छ । महानगरको २० भदौसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित हुने क्षेत्रहरूमध्ये स्वयम्भु क्षेत्रमा ३१५, बालाजु क्षेत्रमा २६७, कोटेश्वर क्षेत्रमा २४४, महाराजगञ्ज क्षेत्रमा २२९, त्रिपुरेश्वर क्षेत्रमा १९३, इनबहाल क्षेत्रमा १८६ र कलंकी क्षेत्रमा १८५ जना संक्रमित छन् ।

हेर्नुहोस् पूरा विवरण  :-

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार