२०७७ भाद्र २३ मङ्गलबार, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तालावाजले फाइनल प्रवेशका लागि आज राति ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ ।
लिग चरणमा चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको जमैकाले शीर्ष स्थानको नाइट ट्रिनबागोसँग खेल्न लागेको हो । ब्रायन लारा क्रिकेट स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
लिग चरणमा जमैकाले १० खेलमा ३ जित निकाल्दै ७ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो । नेपालका सन्दीपले लिग चरणको १० खेल खेल्दै ९ इनिङ्स बलिङ गर्दा १२ विकेट लिन सफल भएका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो