२०७७ असार ४,एजेन्सी ।नेपोलीले ४–२ ले युभेन्टसलाई पेनाल्टीमा हराएर बुधबार राति छैटौं पल्ट इटालियन कपकाे उपाधि जितेको छ । दर्शकविहीन रंगशाला स्टाडियो ओलम्पिकोमा भएका खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगेको थियो ।
कीर्तिमान १३ पल्टको इटालियन कप विजेता युभेन्टसका लागि पउल ड्याबेला र डानिलो टाइब्रेकरमा गोल गर्न सकेनन् । नेपोलीका लागि आरकाडिस्ज मिलिकले निर्णायक विजयी गोल गरे ।
सन् २०१४ यता नेपोलीले जितेको यो पहिलो उपाधि हो । प्रशिक्षक जेनारो गगटुसाले पनि पहिलो उपाधि जितेका छन् । डिसेम्बरमा कार्लो एन्सेलोटीलाई बर्खास्त गरेयता उनले टिम सम्हालेका हुन् । सिरी ए को शीर्ष स्थानमा रहेको युभेन्टसलाई दोस्रो स्थानमा रहेको लाजियोमाथि एक अंकको अग्रता मात्र प्राप्त छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’