थप १,०८१ जना नयाँ संक्रमित थपिँदा ९१८ जना संक्रमणमुक्त

२०७७ भाद्र २४ बुधबार, काठमाडौं । नेपालमा थप १,०८१ जना कोरोना संक्रमण देखिएको छ ।

बुधबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार गत २४ घण्टामा थप १,०८१ जनामा संक्रमण देखिएको हो ।

यस्तै गत २४ घण्टामा थप ९१८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ८१ जनासहित देशभर संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको छ ।

संक्रमितमध्ये ३३ हजार ८ सय ८२ जना निको भएर घर फर्किएका छन् । यो संख्या संक्रमणमुक्त हुनेको ६८.८ प्रतिशत रहेको पनि प्रवक्ता गौतमले बताए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार