२०७७ भाद्र २४ बुधबार, एजेन्सी । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा उनी एक स्थान तल खस्किएका हुन् ।
यसअघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उनी ७९ औँ स्थानमा थिए । अहिले खस्किएर ८० मा पुगेका छन् । उनले पाँएकाे कुल रेटिङ ३ सय ८९ अंक रहेकाे छ । हाल सन्दीप क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा ट्रिनिडाड एण्ड टोबागोमा छन् । उनले उक्त प्रतियोगिताकाे ११ खेलमा १२ विकेट प्राप्त गरेका थिए ।
यस्तै विश्व बलिङ बरियतामा अफगानिस्तानका राशिद खान र मुजिबउर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा रहनुभएको छ । दुवै जना हाल सीपीएल खेलिरहेका छन् । सीपीएलमा राशिदले बार्बाडोसबाट तथा मुजिबउरले जमैकाबाट खेलेका थिए ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो