बुन्डेस लिगा: बायर्नलाई आठौं उपाधि

२०७७ असार ४  बिहीबार,एजेन्सी ।  बायर्न म्युनिखले लगातार आठौं पटक बुन्डेस लिगा फुटबलको उपाधि हात पारेकाे छ। मंगलबार राति भएको खेलमा वेडर ब्रेमेनलाई १–० ले हराउँदै बायर्नले दुई खेल अगावै उपाधि जितेको हो।

खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए। पोल्यान्डका फरवार्ड लेवान्डोस्कीले लिगमा गोल संख्या पनि ३१ पुर्‍याएका छन् ।

यस अघि सन् २०१६–१७ को सिजनमा आर्सनलका फरवार्ड पिर्रे इम्रिक अउबामियाङले बोरुसिया डर्टमन्डबाट ३१ गोल गरेका थिए।

लिगमा ७ अंकको अग्रता बनाएको बायर्नलाई उपाधि जित्न एक खेलको जित आवश्यक थियो ।  बायर्नले गत सिजन समेत अन्तिम दिन मात्र लिग उपाधि उचालेको थियो। उसले घरेलु मैदान एलिनाज एरिनामा ७५ हजार दर्शकसामु उपाधि उचालेको थियो। तर, मंगलबार बायर्नले दर्शकबिनाको रंगशालामा उपाधि जितेको छ।

बायर्नले सन् २०१३ देखि बुन्डेसलिगामा लगातार जित निकाल्दै आइरहेको छ। प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा रहेको बायर्न म्युनिखले पछिल्ला २२ मध्ये केवल एक खेलमा हार भोगेको छ। शीर्ष स्थानको बायर्नको ७६ अंक रह्यो।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार