र्यापर रफ्तारलाई कोरोना संक्रमण

२०७७ भाद्र २५ बिहीबार, एजेन्सी । बलिवुडका र्याप गायक रफ्तारलाई कोरोना संक्रमण भएको छ । रफ्तार आफैलेले आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिदै आफुलाई होम क्वारेन्टाइन गरेको जानकारी दिएका छन् ।

रफ्तारले एमटिभी रोडीजको शुटिंगका लागि जाने क्रममा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको बताएका छन् । उनले आफ्नो शुरुका दुई परिक्षण निगेटिभ आएपनि तेस्रो टेस्ट पोजेटिभ आएको बताएका छन् ।

रफ्तारले आफुलाई कुनै लक्षण नभएको बताउदै परिक्षणले गलत रिपोर्ट दिएको हुनसक्ने भन्दै आफु अर्को परिक्षणको पर्खाइमा रहेको बताएका छन् । आफु डाक्टर र स्थानीय अधिकारीहरुको सल्लाह बमोजिम घरमै रहेको र आफ्नो स्वास्थ्य बारे जानकारी दिने बताएका छन् ।

बलिवुडका सेलिब्रेटीलाई कोरना संक्रमण हुने रफ्तार पछिल्ला सेलिब्रेटी हुन् । केहि दिन अघि अभिनेता अर्जुन कपुर र उनकी प्रेमिका मलैका अरोराले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार