ओली-दाहालको कार्यविभाजनबाट हट्यो ‘मूलतः’ शब्दावली

२०७७ भाद्र २५ बिहीबार, काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार (भोलि) बस्ने स्थायी कमिटीको बैठकमा पेश गर्ने प्रस्ताव तयार गरिसकेका छन् ।

उनीहरुले यसअघि गठित ६ सदस्यीय कार्यदलले नै तयार पारेको सुझाव प्रतिवेदनकै आधारमा प्रस्ताव तयार पारेका हुन् । यद्यपि ६ सदस्यीय कार्यदलको कतिपय शब्दावलीलाई काटकुट पारिएको छ ।

कार्यदलको प्रतिवेदनमा केपी ओली ‘मूलतः’ सरकारको काममा केन्द्रित हुने उल्लेख गरेको थियो भने प्रचण्ड ‘मूलतः’ पार्टीको काममा केन्द्रित हुने भनिएको थियो ।

तर, हालका लागि उक्त शब्दावलीलाई हटाइएको छ । अर्का बरिष्ठ नेता माधवकुमार नेपालले विशेषगरी प्रचण्डको भूमिकामाथि प्रश्न गर्दै प्रतिवेदनमा समावेश मूलतःको अर्थ खोजेका थिए ।

यो हेर्नुस्ः

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार