२०७७ असार ४ बिहीबार, काठमाडौं । कोरोना भाइरसको प्रभावबाट साउदी अरेबियामा अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने भएका छन्। पहिलो चार्टर उडान १८ जुनको दमाम शहरबाट हुने भएको छ। १५४ जना एच ९५६०२ को हिमालयन एरलाईनसद्वारा स्वदेश फिर्ता हुने भएका छन्।
फाईनल जान तयार रहेका, बिरामी परेका, गर्भवती महिला, आदी विविध कारण भएका यात्रु रहेको छन् भने नेपाली दुतावास रियाद र महावाणिज्य दुतावास जेद्धाले उडान तयारीका लागी ११६४ जनाको नामावली सार्वजनिक गरेका छन्।
अर्को उडान नेपाल एरलाइन्सद्वारा रियाद शहरबाट २१ जुनमा हुने भएको छ। जसमा २६४ जना यात्रु रहनेछन भने जेद्धा शहर लगायत अन्य शहरबाट पनि उडानको तयारी रहेको तर उडान मिति भने तय भएको छैन्।
चर्को दबाबसँगै पछिल्लो पटक सरकारले निर्धारण गरेको हवाई टिकटको मुल्य साउदी अरेवियाबाट एकतर्फी नेपाल जानको लागि नेपाली ५२ हजारदेखि ७० हजार रूपैयाँसम्म रहेको छ। हालसम्म साउदी अरेबियामा कोरोना भाइरसको संक्रमणबाट १,४१,२३४ संक्रमित हुनुको साथै ९१,६६२ जना निको भएका छन् भने १०९१ को मृत्यु भएको छ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’