२०७७ भाद्र २६, शुक्रबार, एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको उपाधि ट्रिन्बागो नाइटराइडर्सले जितेको छ । गएराती भएको फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले उपाधि जितेको हो ।
टस हारेर पहिला ब्याटिङमा तानिएको जोउक्सले ५ बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । जोउक्सले दिएको १ सय ५५ रनको लक्ष्य नाइट राइडर्सले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।
ट्रिनबागोले अपराजित रहदै उपाधि जितेको हो । यस्तै ट्रिनबागोले तेस्रो पटक सीपीएलको उपाधि जितेको हो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो