२०७७ भाद्र २६, शुक्रबार, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४५ लाख नाघेको छ । भारतमा कुल संक्रमित ४५ लाख ६२ हजार ४१५ पुगेको छ ।
भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ७६ हजार २७१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ सय ९ जनाको मृत्यु भएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म ३५ लाख ४२ हजार ६६४ जना ठिक भएका छन् । त्यस्तै ९ लाख ४३ हजार ४८० कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ५ करोड ४० लाख ९७ हजार ९७५ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ११ लाख ६३ हजार ५४२ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो