सकियो मेसीको प्रतिबन्धित ३ महिने म्याद

२०७७ भाद्र २६, शुक्रबार, एजेन्सी । लियोनेल मेसी अर्जेन्टिनाको विश्वकप छनौटअन्तर्गतको अर्को महिना हुने इक्वेडर विरुद्धको खेल खेल्न पाउने भएका छन् । अक्टोबर ८ मा हुने विश्वकपको छनौट खेलको पहिलो खेलमा मेसी खेल्न पाउने भएका छन् ।

मेसीलाई कोपा अमेरिका खेलको तेस्रो स्थानको खेलमा रातो कार्ड पाएपछि एक खेलको प्रतिबन्ध लगाइएको थियो । गत बर्ष ब्राजिलमा सम्पन्न मेसीले कोपा अमेरिका प्रतियोगिता राम्रोसँग आयोजना नभएको र भ्रष्ट्राचार भएको आरोप समेत लगाएका थिए । मेसीको सो आरोपपछि दक्षिण अमेरिकी फेडेरेसनले मेसीलाई तीन महिनाको प्रतिबन्ध तथा ५० हजार डलर जरिवाना लगाएको थियो ।

कोपामा अमेरिका सेमिफाइनलको विवादस्पद खेलमा ब्राजिलसँग २-० गोल अन्तरले पराजित भएको थियो । अर्जेन्टिना फुटबल फेडेरेसनका अध्यक्ष क्लाउड़ीयो तापियाले मेसीले विश्वकप छनौट खेल्न पाउने बताएका छन् । उनले आफुले दक्षिण अमेरिकी फुटबल कन्फेडेरेसनका अध्यक्षसँग कुरा गरेको र मेसीमाथिको प्रतिबन्ध सकिएको बताएको जानकारी दिएका छन् ।

१९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले कतार विश्वकपको छनौट खेलको सुरुवात अक्टोबर ८ मा इक्वेडरसँग गर्दै छ भने अक्टोबर १३ मा बोलिभियासँग खेल्ने तालिका रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार