२०७७ असार ४ बिहीबार,एजेन्सी । इटालियन क्लब युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले करीयरमा पहिलो पटक लगातार फाइनलमा दोस्रो पराजय भोगेका छन्।बुधबार युभेन्ट्सले कोपा इटालियाको फाइनलमा नापोलीसँग हार बेहोरेसँगै रोनाल्डोले लगातार दोस्रो फाइनलमा पराजय भोगेका हुन्।
गत वर्षको अन्त्यमा पनि युभेन्ट्सले फाइनलमा पराजय भोगेको थियो। सुपरकोपा इटालियनाको फाइनलमा युभेन्ट्सलाई लाजियोले पराजित गरेको थियो । आफू आबद्ध टिमबाट रोनाल्डोले महादेशीय तथा घरेलु प्रतियोगिताको फाइनल खेलेका र उपाधि पनि जितेका छन् । तर ३५ वर्षीय रोनाल्डोले कहिल्यै पनि लगातार फाइनलमा दोस्रो पराजय भोगेका थिएनन्।
बुधबार कोपा इटालियाको फाइनल खेलको निर्धारित समय गोलरहित भएपछि भएको पेनाल्टी सुटआउटमा नेपोलीले युभेन्ट्सलाई ४-२ गोलले पराजित गर्यो । पेनाल्टी सुटआउटमा युभेन्ट्सका पाब्लो डिबाला र डानिलोको प्रहार असफल भयो।
रोनाल्डो खेलमा पूरै समय खेलेका थिए। उनले तीन तिव्र प्रहार गरेका थिए। तर उनले पेनाल्टी सुटआउटमा मौका पाएनन्। किनकी उनलाई विजयी पेनाल्टी प्रहारका लागि राखिएको थियो । तर त्यसअघि युभेन्ट्सले दुई पेनाल्टी मिस गर्दा रोनाल्डोले मौका पाएनन्।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’