२०७७ भाद्र २६, शुक्रबार, एजेन्सी । कंगना रनौतले आफ्नो पछिल्लो ट्वीटमा कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई प्रश्न गरेकी छन् । कंगनाले शिवसेनासँगको विवादमा सोनिया गान्धी चुपचाप रहेकाे भन्दै प्रश्न उठाएकी हुन् ।
कंगनाले आफ्नो ट्वीटमा के लेखिन् त ? कंगनाले लेखेकी छिन्, ‘आदरणीय सोनिया गान्धी जी, एक महिलाको रूपमा, महाराष्ट्र सरकारले मसँग कस्तो व्यवहार गरे, त्यसले तपाईंलाई चोट पुर्याएन ? के तपाईं डा. अम्बेडकरले दिएका संविधानका सिद्धान्तहरूलाई समर्थन गर्न सरकारलाई अनुरोध गर्न सक्नुहुन्न ?’
दोस्रो ट्वीटमा कंगनाले फेरि लेखेकी छिन्– ‘आज पश्चिमी मुलुकमा हुर्किएर भारतमा बस्छन् । तपाईँलाई महिलाको संघर्षबारे जानकारी होला । जब तपाईंको आफ्नै सरकारले महिलाहरूलाई थिचोमिचो गर्दैछ र कानून व्यवस्थाको मजाक बनाइरहेको छ, तब इतिहासले तपाईंको मौनताको न्याय गर्नेछ । म आशा गर्दछु कि तपाईं यस विषयमा हस्तक्षेप गर्नुहुनेछ ।’
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो