२०७७ भाद्र २६, शुक्रबार, काठमाडौं । कंगना रनौत र शिवसेना बिच तनावको वातावरण सिर्जना भएको छ । यसैबीच कंगनाकी आमा आशा रनौत छोरीको समर्थनमा उत्रिएकी छन् । भारतीय सञ्चार माध्यमसँगकाे कुराकानीमा उनले भनिन्, ‘शिवसेनाले मेरी छोरीमाथि अन्याय गरेको छ । सम्पुर्ण भारतका जनताहरुले यसलाई कुनै पनि हालतमा सहने छैनन् ।’
उनले भनेकी छिन्-,
‘यदि गलत भएको भए देशका जनता उनीसँग हुने थिएनन् । यो कस्तो प्रकारको सरकार हो ? मेरी छोरी उनीहरुको प्रजाको एक हिस्सा हो । उसलाई धेरै अन्याय भएको छ । शिवसेना एक कायर हो । मेरी छोरीले १५ वर्ष कडा परिश्रम गरेर एक एक पैसा जम्मा गरि अफिस बनाई । हामी एक मध्यम परिवार हौँ । सबैले देखेका छन् कि मेरी छोरीले कति पैसा संकलन गरिन् । उनीहरूसँग तिनीका बाबुआमाको सम्पत्ति छ, जसमा उनीहरू घमन्ड गरिरहेका छन् र यति धेरै यातना दिइरहेका छन् ।
मेरी छोरीले सबैकाे समर्थन छ । पूरा भारत मेरी छोरीसँग उभिरहेको छ । म अमित शाह र हिमाचल सरकारलाई धन्यवाद दिन्छु जसले मेरी छोरीलाई बचाए । किन भाजपाले मेरी छोरीको रक्षा गर्दैन, किन विपक्षी दलहरू बोल्छन् । उनीहरूलाई कस्तो समस्या छ, के उनीहरूका घरमा छोरीहरू छैनन् ? किन ती व्यक्तिले मेरी छोरीको बारेमा यस्तो मूर्ख कुरा गर्छन् । यदि कसैले सत्यकाे समर्थन गर्छ भने तिनीहरूले यसलाई समर्थन गर्नुपर्छ ।’
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो