२०७७ भाद्र २६, शुक्रबार, एजेन्सी । दुई वर्ष अगाडि मिटू मुभमेन्टको बहसले बलिउड तातेको थियो । यसमा कयौं बलिउड कलाकारको नाम मुछिएको पनि थियो । यसैक्रममा निर्माता तथा निर्देशक साजिद खानमाथि एक मोडल तथा अभिनेत्रीले यौन शोषणको आरोप लगाएकी थिइन् । त्यसबेला उनी ‘हाउसफुल ४’ को निर्देशन गरिरहेका थिए । यो आरोप लागेपछि उनले फिल्म निर्देशनबाट हात झिक्नु परेको थियो ।
अहिले फेरी पाउला नामकी एक मोडलले साजिदमाथि यौन शोषणको आरोप लगाएकी छन् । उनले इन्स्टाग्राममार्फत् यो कुराको खुलासा गरेकी हुन् । बलिउडमा मिटू मुभमेन्ट चलेको समयमा आफूलाई बोल्ने हिम्मत नभएको उल्लेख गर्दै उनले इन्स्टामा लेखेकी छन्, ‘जब बलिउडमा मिटु मुभमेन्ट सुरु भएको थियो, त्यसबेला धेरैले साजिद खानको नाम लिएका थिए तर मैले हिम्मत गर्न सकिनँ ।’
उनले अगाडि लेखेकी छन्, ‘सबैसँग फिल्म इन्डस्ट्रीमा गडफादर हुँदैन र परिवारका लागि कमाउनु पर्ने हुन्छ । यसैले कतिपय अवस्थामा चुप बस्नु पर्ने हुन्छ । अब मेरो परिवार मेरो साथमा छैनन्, म आफूलाई मात्र कमाइरहेकी छु र अब म हिम्मत गर्न सक्छु कि साजिद खानले मलाई १७ वर्षको उमेरमा ह्यारेसमेन्ट गरेका थिए । उनले मलाई नराम्रो शब्द बोल्दै छुन खोजेका थिए ।’
साजिदले आफूलाई फिल्म ‘हाउसफुल’ मा एक रोल दिनका लागि कपडा फुकाल्न भनेको उनको आरोप छ । ‘भगवान नै जान्दछन् कि उनले कति युवतीसँग यस्ता हर्कत गरे । म कुनै प्रकारको दया भावनाका लागि अगाडि आएको होइन, यो यसकारण गरेको हुँ कि मलाई यसले नराम्रोसँग असर पार्याे । म त्यसबेला सानै थिएँ र बोल्न सकिनँ । तर, यो सही समय हो,’ पाउलाले लेखेकी छिन् ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो