‘क्वीन कंगना’ विवादकाे पनि रानी

२०७७ भाद्र २७ शनिबार, एजेन्सी । बलिवुडमा कंगना रनावतकाे नाम सधैं चर्चामा रहन्छ । धेरै जसो विवादका कारण र थोरै उनका फिल्मका कारण कंगना चर्चामा रहने गर्दछिन । तर पछिल्ला केहि दिन देखि कंगना फेरी भारतमा चर्चामा छिन् । यो चर्चाले उनी अब छिट्टै राजनीतिमा आउने संकेत गरेको छ ।

अहिले महाराष्ट्रमा सत्तामा रहेको शिव सेनासँग आमने सामने भएकी कंगना मिडिया, सामाजिक संजाल सबै तिर उनको चर्चा छ । अझ टेलिभिजनमा त प्राइम टाइम मात्र होइन २४ घण्टा उनकै चर्चा छ ।

के हो अहिलेको विवाद ?

पछिल्लो केहि दिन अघि कंगना र शिवसेनासँग आमने सामने हुदै विवाद बढिरहेको छ । कंगना र शिवसेनाका नेताहरुबीच सामाजिक संजाल र मिडियामा आरोप प्रत्यारोप भइरहेको कै बेला मुम्बई नगरपालिकाले कंगनाको कार्यालय रहेको भवन गैर कानुनी भन्दै डोजर चलाएको छ ।

अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि कंगनाले बलिवुडमा नातावाद र कृपावाद भएको खुल्ला रुपमा आरोप लगाउदै सुशान्तको आत्महत्या नभएर हत्या भएको बताउदै आएकी छन् । उनले यसमा मुम्बई प्रहरी र शिवसेना नेतृत्वको महाराष्ट्र सरकारले समेतलाई निशाना बनाउदै आएकी छन् ।

शिवसेनासँग सिधै मुडभेडमा उत्रिएकी कंगनालाई शिवसेनाका नेताहरुले मुम्बई नआउन चेतावनी दिएका थिए । तर कंगनाले जवाफ दिदै अहिले नै मुम्बई आउदै छन् ।

यस अघि कंगना र शिवसेनाबीचको यो द्वन्दपछि केन्द्रीय सरकारले कंगनालाई वाई श्रेणीको सुरक्षा प्रदान गरेको छ ।  भारतमा वाइ श्रेणीको सुरक्षा पाउने कंगना पहिलो बलिवुड सेलिब्रेटी हुन् भने पुरै भारतमा करिब १५ जनाले मात्र यस्तो सुरक्षा पाउने गर्दछन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार