भारतमा एकै दिन थपिए ९७ हजार काेराेना संक्रमित, १२ सयको मृत्यु

२०७७ भाद्र २७ शनिबार, एजेन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १२ सय १ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ७७  हजार ४७२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९७ हजार ५७० जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४६ लाख नाघेको छ । भारतमा कुल संक्रमित ४६ लाख ५९ हजार ९८५ पुगेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ३६ लाख २४ हजार १९७ जना ठिक भएका छन् । त्यस्तै ९ लाख ५८ हजार ३१६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ५ करोड ५१ लाख ८९ हजार २२६ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख ९१ हजार २५१ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार