इपिएल आजबाट सुरु,आजै लिग विजेता लिभरपुलको पहिलाे खेल

२०७७ भाद्र २७ शनिबार, एजेन्सी । इङ्लिस प्रिमियर लिग (इपिएल)फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । कोरोना भाइरसका कारण फुटबल प्रभावित हुनका बावजुद प्रिमियर लिगको नयाँ सिजन सुरु हुन लागेको छ ।

सात हप्ताको विश्रामपछि नयाँ सिजन सुरु हुन लागेको हो । कोरोनाका कारण अघिल्लो सिजन प्रभावित बनेपछि छोटो विश्रामका साथ प्रिमियर लिग सञ्चालन गर्न लागिएको हो ।

आज पहिलो दिन चार खेल हुँदैछन् । साविक विजेता लिभरपुलले नवप्रवेशी क्लब लिड्सलाई एनफिल्डमा स्वागत गर्नेछ ।

अन्य खेलमा लण्डन क्लब आर्सनल नवप्रवेशी फुलहमको भ्रमणमा निस्कनेछ भने क्रिस्टल प्यालेसले साउथह्याम्टनलाई आतिथ्यता प्रदान गर्नेछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार