२०७७ भाद्र २७ शनिबार, एजेन्सी । सन् २०१९ मा ब्राजिलमा भएको कोपा अमेरिकाका वेला अर्जेन्टिनाका कप्तान लियोनल मेसीले रातो कार्ड पाएका थिए ।
चिलीविरुद्धको खेलमा रातो कार्ड पाउँदै मैदान बाहिरिएका उनले उक्त खेलपछि दक्षिण अमेरिकी फुटबल प्रमुखलाई भ्रष्टाचारको आरोप लगाएका थिए । त्यसपछि उनलाई अर्जेन्टिनाबाट एक खेलको प्रतिबन्ध लागेको थियो ।
अहिले मेसीले त्यो प्रतिबन्ध हटेको छ । जसको अर्थ मेसीले अब अर्को महिना हुने विश्वकप छनोट खेल खेल्न पाउने भएका छन् ।
अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले मेसीको प्रतिबन्ध हटेको र उनले कुनै खेल नगुमाउने पुष्टि गरेको अर्जेन्टिना राष्ट्रिय टिमको फेसबुक पेजमा उल्लेख छ ।
अर्जेन्टिनाले विश्वकप छनोटअन्तर्गत अर्को महिना इक्वेडर र बोलिभियासँग खेल्दैछ । मेसीले अब इक्वेडरविरुद्ध खेल्न पाउनेछन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो