कोरोनाबाट विश्वभर नौ लाख २० हजारभन्दा बढी मानिसको मृत्यु

२०७७ भाद्र २७ शनिबार, एजेन्सी । विश्वभर कोरोनाको सङ्क्रमणबाट अहिलेसम्म ९ लाख २० हजार ४७४ जनाको मृत्यु भएको छ । २ करोड ८६ लाख ९३ हजार ८९० जना सङ्क्रमित छन् भने २ करोड ६० लाख ७ हजार ९२४ जना निको भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा ६६ लाख ३६ हजार २६६ जना संक्रमित छन । एक लाख ९७ हजार ४२१ जनाको मृत्यु भएको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ४६ लाख ६३ हजार ९३० जना कोरोनाबाट सङ्क्रमित रहेका छन् भने ७७ हजार ५३७ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४२ लाख ८३ हजार ९७८ जना कोरोना भाइरसबाट सङ्क्रमित हुँदा एक लाख ३० हजार ४७४ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार