एटलेटिकोका म्यानेजर डिएगो सिमोओने कोरोना संक्रमित

२०७७ भाद्र २८ आइतबार, काठमाडौं । एटलेटिको म्याड्रिडका म्यानेजर डिएगो सिमोओने कोरोना संक्रमित भएका छन् । ५० बर्षिय सिमोओनेलाई कोरोना पोजेटिभ देखिएको क्लबले जानकारी दिएको छ ।

क्लबले उनलाई कोरोनाको कुनै लक्षण नदेखिएको र उनी अहिले होम आइसोलेसनमा रहेको बताएको छ । सिमेओने ला लिगाको नयाँ सिजनको लागि सोमबारमात्र प्रशिक्षणमा फर्किएका थिए । एटलेटिको आगामी मंगलबार मैत्रीपूर्ण खेल खेल्दै छ भने ला लिगाको नयाँ सिजन सेप्टेम्बर २७ मा ग्राण्डाविरुद्ध शुरु गर्दै छ ।

क्लबले शुक्रबार गरिएको परिक्षणमा सिमेओनेलाई पोजेटिभ देखिएको बताएको छ । एटलेटिकोका यस अघि स्ट्राइकर दिएको कोस्टा र अर्का खेलाडी सान्टियागो आरिआस समेत कोरोना संक्रमित भएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार