२०७७ भाद्र २८ आइतबार, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सुखद सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो ।
एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । यस्तै भिर्गिल भान डाइकले एक गोल गरे । लिड्सका ज्याक ह्यारिसन,प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक एक गोल फर्काए ।
रोमान्चक बनेको खेलको चौंथो मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई १-१ गोलको बराबरीमा ल्याए ।२० औं मिनेटमा भान डाइकले गोल गर्दा लिभरपुल २-१ ले अघि रह्यो । तर, ३० औं मिनेटमा लिड्सका प्याट्रिकले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
खेलको ३३ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा लिभरपुललाई ३-२ को अग्रता दिलाए । खेलको ६६ औं मिनेटमा क्लीचले गोल गर्दै लिड्सलाई ३-३ गोलको बराबरीमा ल्याए ।
तर, खेलको ८८ औं मिनेटमा सलाहले पेनाल्टीबाट व्यक्तिगत तेस्रो तथा ह्याट्रिक गर्दै लिभरपुललाई ४-३ को जित दिलाए ।यससँगै सलाह प्रिमियर लिगको नयाँ सिजन ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो