२०७७ भाद्र २८ आइतबार, एजेन्सी । जापानी खेलाडी नाओमी ओसाकाले यूएस ओपन टेनिस महिला सिंगलको उपाधि जितेकी छिन् । ओसाकाले बिहान सम्पन्न फाइनलमा बेलारुसकीई भिक्टोरिया अजारेनकालाई १-६, ६-३, ६-३ मा पराजित गर्दै युएस ओपनको उपाधि जितेकी हुन् ।
पहिलो सेटमा हार बेहोरेकी ओसाकाले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम दुई सेट लगातार जितेर उपाधि जितेकी थिइन् । योसँगै उनले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् । उनले सन् २०१८ को यूएस ओपन र सन् २०१९ को अष्ट्रेलियन ओपन टेनिस जितेकी थिइन् ।
उता सेरेना विलियम्सलाई पराजित गरेर फाइनलमा पुगेकी भिक्टोरिया भने फेरी पनि उपाधि जित्नबाट चुकेकी छन् । २०१३ पछि कुनै ठुलो ग्रान्ड स्लामको फाइनलमा पुगेकी भिक्टोरिया उपाधि जित्न भने असफल भएकी हुन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो