पिएसजीको दोस्रो हार, नेइमारले पाए रातो कार्ड !

२०७७ भाद्र २९ साेमबार, एजेन्सी । फ्रेन्च लिग वानमा पिएसजी लगातार दोस्रो खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा पिएसजी मार्सेलीसँग १-० गोल अन्तरले पराजित भएको थियों ।

मार्सेलीको जितमा फ्लोरियन थौभिनले खेलको ३१औ मिनेटमा गरेको गोल निर्णायक गोल बनेको थियो । यस खेलमा पिएसजीका ३ र मार्सेलीका २ खेलाडीले गरि ५ खेलाडीले रातो कार्ड पाएका थिए ।

खेलको अन्तिम मिनेटमा नेइमार र मार्सेलीका अल्भारोबीच विवाद हुदा पिएसजीका लेभिन कुर्जावा, लिनड्रो परेडेज र नेइमारले रातो कार्ड पाएका थिए । त्यस्तै मार्सेलीका जोर्डन अमाभी र डारियो बेनेडेटोले रातो कार्ड पाएका थिए । लिग वानको क्लासिकोको रुपमा रहेको यस खेल पिएसजी मार्सेलीसँग पछिल्लो २० खेलपछि पहिलो पटक पराजित भएको छ ।

साथै पिएसजीको इतिहासमा सन १०७८/७९ पछि पहिलो पटक लिगका शुरुका २ खेल बिना कुनै गोल गर्दै पराजित हुनुपरेको छ ।

 

 

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार