भारतमा कोरोनाबाट एकै दिन ११ सय ३६ जनाको मृत्यु

२०७७ भाद्र २९ साेमबार, एजेन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय ३६ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ७९ हजार ७२२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९२ हजार ७१ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४८ लाख नाघेको छ । भारतमा कुल संक्रमित ४८ लाख ४६ हजार ४२८ पुगेको छ ।

भारतमा अहिलेसम्म ३७ लाख ८०,१०८ जना ठिक भएका छन् । त्यस्तै ९ लाख ८६ हजार ५९८ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ५ करोड ७२ लाख ३९ हजार ४२८ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ९ लाख ७८ हजार ५०० नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार