२०७७ भाद्र २९ साेमबार, एजेन्सी । ब्राजिलमा सोमबारसम्म कोरोना भाइरसका सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यहाँ गएको हप्तामा मात्र ४ हजार जनाको ज्यान गएको छ ।
उक्त मन्त्रालयका अनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ४१५ जनाको ज्यान गएको छ । यो सँगै यहाँ १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको हो ।ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४३ लाखभन्दा बढी पुगेका छन् । सोमबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ४३ लाख ३० हजार ४६४ जना पुगेको बताइएको हो ।
गएको २४ घन्टा यता यहाँ यो सङ्क्रमणका करिब १५ हजार जना नयाँ संक्रमित भेटिएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । यहाँका ३५ लाखभन्दा बढी नागरिक निको भएर घर फर्र्किएका छन् ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो